वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । उनले सोमबार नै सरुवाको पत्र लिईसकेका छन् । भिष्म कुमार भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेर दाहाललाई विभागमा पठाईएको हो ।

नयाँ बस पार्कको लोत्से बुउदेश्यिसको फाइल अध्ययन अघि बढाएपछि दाहाललाई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले यातायात व्यवस्था विभागको महानिर्देशकबाट हटाएर राष्ट्रिय सूचना आयोग पठाएका थिए । लोत्सेमा रघुबिर महासेठकै लगानी रहेको बताइन्छ ।

दाहालले बाणिज्य बिभागको महानिर्देशक भएर काम गर्दा दरबारमार्ग क्षेत्रमा बजार अनुगमन गरेर चर्चा बटुलेका थिए ।  बिकृतिको अखडाका रुपमा रहेको वैदेशिक रोजगार विभागमा सुधारको प्रयास गरेर चर्चा बटुलेका भिष्म भुषालको ठाउँमा नेतृत्व सम्हाल्न पुगेका दाहाल सामु सुधारको गतिलाई अझै तिब्र बनाउने चुनौती छ ।

Advertisement

Advertisement

Advertisement