नवलपरासी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले पूर्वी नवलपरासीको हुप्सेकोट-५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ ।
सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी थिए । रासस
धौवादी फलाम खानी सम्बन्धी विस्तृत अध्ययन गर्न तलका लिंक क्लिक गर्नुहोला:
फलाम खानी उत्खनन् गर्न सरकारले कम्पनी स्थापना गर्यो, नाम धौवादी फलाम खानी कम्पनी
‘धौवादीको खबौं रुपियाँको फलाम खानी सरकार आफैले उत्खनन गर्छ’
धौवादीमा २० खर्ब रुपियाँ बढीको फलाम खानी, विस्तृत अध्ययनमा खटिए विज्ञहरु