प्रदेश २ मा सरकार ढाल्ने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रदेश २ मा सरकार परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् ।  राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले प्रदेश २ मा समाजवादीसँगको गठबन्धन छाडेर नयाँ सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

प्रतिनिधी सभाको उप सभामुख पदमा आफ्नो पार्टीलाई दिन ठाकुरले आग्रह गरेपछि प्रधानमन्त्रीले प्याकेजमा सहमतिको प्रस्ताव गरेका हुन् । ओलीले उप सभामुख राजपालाई दिन तयार रहेको तर प्रदेश २ मा सरकार परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । हाल प्रदेश २ मा संघीय समाजवादी र राजपाको संयुक्त सरकार छ ।

सातै प्रदेश र केन्द्रमा पनि बामपन्थी सरकार गठन गर्ने अभियानमा रहेको नेकपाले उप सभामुख पद राजपालाई दिएर प्रदेश २ मा सत्ता साँझोदारीको सर्त अघि सारेको हो ।

Advertisement

Advertisement

Advertisement