गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको एक करोड सहयोग

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो । राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंकले खुशी व्यक्त गरेको छ ।

बैंकले भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास राख्दै शुभकामना समेत व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement