दराजले सामसङ ग्यालक्सी नोट १० लाइट लन्च गर्दै, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । नेपालको अग्रणी अनलाइन् शपिङ्ग गन्तव्य, दराजले सामसङ नेपालसँग मिली फेब्रुअरी १२ मा सामसङ ग्यालक्सी नोट १० लाइटको ‘लन्च’गर्ने भएको छ । यस प्रीमियम फीचर फोनको मूल्य यूरोपियन बजारमा ६२७ यूरो (रु. ७८,३००)रहेको छ । उक्त फोन ‘औरा ब्ल्याक’ र ‘और ग्ला’ गरि दुइ ‘कलर भेरीएसन’मा उपलब्ध हुनेछ ।

ग्राहकहरूले ग्यालक्सी नोट १० लाइटमा नेपालभर निःशुल्क शिपिंग पाउनेछन् तथा ग्राहकहरूले ३ हजार ५ सय रुपियाँ पर्ने ‘सामसङ स्मार्ट फ्लिप कभर’ केवल एक हजार रुपियाँमा खरिद गर्न सक्नेछन् । त्यतिमात्र नभई, पहिलो ५० ग्राहकहरुले ‘एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स्’ निःशुल्क पाउनेछन् । यसबाहेक, ग्राहकहरूले शांग्रीला होटलमा खाना र पेय पदार्थहरूमा २० प्रतिशत छुट पाउने दराजले जनाएको छ ।

ग्यालक्सी नोट १० लाइटको मूल्य र विशेषता

सामसङ ग्यालक्सी नोट १० लाइट इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा र एस पेन स्टाइलसको साथ आउँदछ । यस फोनमा २५ वाटको सुपर फास्ट चार्जिंगको साथ ४५०० एमएएचको विशाल ब्याट्री रहेको छ । यो एक्सीनेक्स् ९८१०द्वारा संचालित छ र यसमा ८ जीबी र्याम र १२८ जीबी रोम छ । माइक्रो एसडी कार्ड मार्फत रोम १ टिबी सम्म थप्न सकिन्छ। यस डुअल सिम (न्यानो) स्मार्टफोनमा १०८०/२४०० पिक्सलको ६.७ इन्च फुलएचडी इन्फिनिटी ओ सुपर आमोलेड डिस्प्ले रहेको छ। फोनमा एन्ड्रोइड १० को ‘अपरेटिङ सीस्टमको’ साथ सामसङ वान ‘युजर इन्टर्फेस’ रहेको छ ।

फोटो र भिडियोहरूको लागि, ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा 'डुअल पिक्सेल अटोफोकस, एफर१.७ लेन्स, र अप्टिकल इमेज स्टेबलाइजेसन' भएको ‘फ्ल्यागशिप’ स्तरको १२ मेगापिक्स' रहेकोअर्को १२ मेगापिक्सल सेन्सर पनि रहेको छ । साथै एफर२.२लेन्स भएको ‘३२ मेगा पिक्सलको सेल्फी क्यामेरा’ पनि छ।

उक्त साझेदारीको बारेमा बोल्दै दाराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने, ‘नेपालमा सामसङ ग्यालेक्सी नोट १० लाइटको लन्चमा विशेष अनलाईन साझेदार हुन पाउँदा हामीलाई ठूलो खुशी छ। एक प्रमुख ईकमर्स कम्पनीको रूपमा, यो जस्तै धेरै भन्दा धेरै राम्रा अफर, सेवा, तथा उत्पादनहरु प्रदान गर्ने लक्ष्य राख्छौं । यस्तो साझेदारीहरुले नेपालको ईकमर्स उद्योगको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले हामी आगामी दिनमा अझ बढी रणनीतिक साझेदारी स्थापना गर्न जारी राख्नेछौं ।’

दराजले सामसङ नेपालसँगको साझेदारीमा ५९ हजार ९९९ रुपियाँमा उक्त फोन लन्च गर्न लागेको हो । जुन विश्वको सबैभन्दा राम्रो मूल्य रहेको दराजले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement