चार ओस्कार जित्न सफल ‘प्यारासाइट’ चलचित्रले संसारभरीबाट कमायो १९ अर्ब

Advertisement

काठमाडौं । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ। यो फिल्मले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड जित्न सफल भएको हो ।

ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो । १ अर्ब ३० करोडमा बनेको यो फिल्मले थुप्रै ठूला फिल्मलाई पछार्दै यो स्थान हासिल गरेको हो । यसमा अमेरिकी फिल्म ‘जोकर’, ब्रिटिश वार एपिक ड्रामा’ र ब्रिटिश अमेरिकी फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ समावेश छन् ।

फिल्म ‘प्यारासाइट’ को कहानी निकै मार्मिक छ र यसमा समाजिक व्यवस्थाको विषय उठान गरिएको छ । कहानी दुई दक्षिण कोरियाली परिवारसँगै अघि बढ्छ । उनीहरु दुबै शहरमा बस्छन् तर एउटा परिवार निकै धनी र अर्को असाध्यै गरिब हुन्छन् । दुई परिवारको दैनिक संघर्ष देखाइएको छ तर दुबैका आवश्यकता नितान्त फरक छन् । फिल्ममा परिवार, धन, देखावटी र बदलाको भावनालाई संवेदनशीलताका साथ पर्दामा उतारिएको छ ।

बंग जून होको निर्देशनमा बनेको ‘प्यारासाइट’ लाई क्वाक सिन ऐले निर्माण गरेका थिए । बक्स अफिसमा फिल्मले ठूलो सफलता हासिल गरेको थियो । फिल्मले विश्वव्यापी बजेटभन्दा १४ गुणा बढी (१९ अर्ब रुपियाँ) कमाई गरेको थियो । रोचक कुरा के छ भने यसमा घरेलु बक्स अफिसको २१.८ प्रतिशत हिस्सा मात्रै छ । जबकी कमाईको बाँकी ७८.२ प्रतिशत हिस्सा संसारका अन्य देशबाट आएको हो ।

ओस्करमा ‘प्यारासाइट’ को परिणाम ६६.६ प्रतिशत रह्यो । वास्तवमा, यो फिल्मलाई ६ विधा – बेस्ट पिक्चर, बेस्ट इन्टरनेशनल फिल्म, बेस्ट डायरेक्सन, बेस्ट ओरिजिनल स्क्रिनप्ले, बेस्ट प्रोडक्सन डिजाइन र बेस्ट एडिटिङमा मनोनित गरिएको थियो । यीमध्ये सुरुवाती चार विधामा फिल्मले ओस्कर अवार्ड हासिल गर्यो ।

Advertisement

Advertisement

Advertisement