नेपालसँग अमेरिकाको लज्जास्पद हार

Advertisement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउन सफल भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकामाथि नेपालले शानदार जित निकाल्न सफल भएको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाएका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलमा शुन्य रनमा आउट भए।

टस जितेर पहिले फिल्डिङ राजेपछि ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो । नेपालका लागि लेग स्पीनर सन्दीपले छ विकेट र सुशन भारीले चार विकेट लिएर चमत्कार गर्दै अमेरिकालाई लज्जास्पद हार चखाउन सफल भएको हो ।

Advertisement

Advertisement

Advertisement