सुनचाँदीको मूल्य फेरि बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । साताको पाँचौ दिन आज सुनचाँदीको मूल्य फेरि बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार ७५ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपियाँले बढेर प्रतितोला ७६ हजार रुपियाँ कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य हिजोको तुलनामा ५ रुपियाँ बढेर प्रतितोला ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५५.५० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement