ज्योति लाइफको व्यवसायिक सद्भावना दुतमा पुनः नायक राजेश हमाल आबद्ध

Advertisement

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो व्यवसायिक सद्भावना दुत(ब्राण्ड अम्बास्डर)को रुपमा नेपाली चलचित्रका नायकका राजेश हमाललाई पुनः २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाशविक्रम खत्री र नायक राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रका नायक हमाललाई कम्पनीमा पुनः आबद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।

छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद मुनाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावना दुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि हर्षको कुरा रहेको महानायक हमालले बताए ।

Advertisement

Advertisement

Advertisement