युनाइटेड फाइनान्सका ग्राहकहरुलाई हेरचारको मर्मत सेवा शुल्कमा दश प्रतिशत छुट

Advertisement

काठमाडोँ । व्यावसायिक घराना, बैंक, इन्स्योरेन्स, फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्था युनाइटेड फाइनान्सबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराईले हस्ताक्षर गरेका छन् । फागुन १ गतेदेखि लागु हुने गरी उक्त सम्झौतामा युनाइटेड फाइनान्सका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धी कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने कुरा उल्लेख गरिएको छ ।

उक्त अवसरमा युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत मिश्रले हेरचार डटकमसंग आफुहरुले पनि काम गराईसकेको र हेरचारले गर्ने गरेको कार्यहरुमा आफु निकै सन्तुष्ट भएको बताए । साथै आफ्ना ग्राहकहरुलाई पनि आवश्यक परेको बेलामा हेरचार डटकमस“ग कार्य गराउन सुझाव दिने गरेको उल्लेख गरे ।

युनाइटेड फाइनान्स जस्तो एक प्रतिष्ठित संस्थाका ग्राहकहरुलाई आगामी दिनहरुमा आइपरेका मर्मत तथा सम्भार सम्बन्धी समस्याहरुको समाधान गर्ने अवसर पाउनु हेरचारको लागि खुशीको कुरा भएको प्रबन्धक भट्टराइले बताए ।

Advertisement

Advertisement

Advertisement