अर्गानिक खाना मात्रै खुवाउने भन्दै ‘भान्सा’ सुरु, एक बर्षमै २० हजारलाई रोजगारी दिने दाबी

Advertisement

काठमाडौं । नेपाल युथ डेभलपर क्लब नामक संस्थासँग आवद्ध एक युवा समूहले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने विषादीरहित अर्गानिक र गुणस्तरीय खाना खुवाउने भन्दै ‘भान्सा’ किचन सुरु गरेको छ ।

समूहले कलंकीबाट यस अभियान सुरु गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विषादीयुक्त र लापरवाहीबाट बनेको खानाहरुले नेपाली ग्राहकको स्वास्थ्यमा निकै समस्या देखापरेको भन्दै क्लवका सञ्चालकहरुले भान्सामार्फत गुणस्तरीय खाना खुवाउने अभियान सुरु गरेको जनाएको छ ।
क्लबका अध्यक्ष महेश मगरले भान्साले विषादीरहित अर्गानिक खानामात्र उपलब्ध गराउने दावी गरे । अहिले ५० युवालाई रोजगारी दिइएको र एक वर्षभित्र २० हजारलाई रोजगारी दिनेगरि अभियान बढाईएको उनको भनाई थियो । मगरले भने, ‘हाम्रो अभियान विषादीरहित स्वस्थ, शुलभ र सस्तो खाना खुवाउने हो ।’

उनले देशमा युवाहरुलाई रोजगारीको अवसर दिलाउनुको साथै स्वास्थ्यवद्र्धक खाना खुवाउने अभियान पनि आफूहरुले चलाएको बताए । आफूहरुले स्नातक पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको लागि पहिलो प्राथमिकतामा राखेको पनि मगरले सुनाए ।

नेपाल युथ डेवलपर क्लबद्वारा स्थापना गरिएको भान्साले प्रत्येक दिन फरक–फरक खानाका परीकार बनाउने पनि जनाइएको छ । बजारको मूल्यभन्दा निकै सस्तो दरमा खाना उपलब्ध गराउने बताउँदै अध्यक्ष मगरले सात दिन सात परिकारको खानाको व्यवस्था गरेको जानकारी दिए । खानाहरु प्रत्येक दिन गुणस्तर टेस्ट भएपछि मात्र खाना ग्राहककोमा पुर्याउने गरिएको पनि जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement