भारतका सार्वजनिक ठाउँमा हाछ्यु गरे २ वर्ष जेल

Advertisement

काठमाडौं ।मानिसलाई चिसो लाग्नु, खोकी लाग्नु सामान्य कुरा नै हो । तर सार्वजनिक स्थानमा खोक्दा र हाछ्यु गर्दा जेल जानुपर्ने बिषय भने नौलो हुन सक्छ । भारतमा सार्वजनिक स्थानमा खोक्ने वा हाछ्यु गर्नेहरुलाई जरिवानासहित २ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको तथ्य उजागर भएको छ ।

आइपीसीको धारा २७०
भारतीय आचार संहिता(आइपीसी)को धारा २७० मा कुनै व्यक्तिले जानेर बुझेर घातक संक्रमण वा भाइरस फैलाउनु दण्ड निय अपराध मानिएको छ । त्यस्तो गरिरहेको अवस्थामा पक्राउ पर्दा जरिवाना वा जल सजाय दुबै हुने व्यवस्था छ । त्यसरी पक्राउ पर्नेहरुलाई जरिवानासहित २ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ ।

यतिबेला संसारभर कोरोना भाइरसको संक्रमणले त्रास सृजना गरिरहेको छ । बरिष्ठ कार्डियोलोजिष्ट डा. के के अग्रवालका अनुसार भारत आउने कुनै व्यक्ति कोरोना भाइरस संक्रमितसँग भेटेर आएको छ र त्यसका जानकारी भारत सरकारलाई दिँदैन भने उसलाई कारवाही हुन सक्छ । कोहि चीनबाट भारत फर्किएको छ र उसलाई रुघा लागेको कुरा भारत सरकारलाई नभनेमा पनि कारवाहीको भागिदार बन्नुपर्नेछ ।

डा. अग्रवालका अनुसार कोरोना भाइरसको संक्रमण हाछ्यु गर्दा वा खोक्दा चाँडो सर्ने भएकाले सार्वजनिक स्थानमा त्यसो गर्नेहरुलाई कडा कारवाही हुनेछ । यद्यपी यो संहिताको व्यवस्था अनुसार हालसम्म भने कसैलाई पनि कारवाही गरिएको छैन् । (जीन्युज डटकमबाट अनुवादित)

Advertisement

Advertisement

Advertisement