कृषि विकास बैंकको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला चयन

Advertisement

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला चयन भएका छन् ।

राष्ट्र बैंकमा ३० वर्षे कार्यकाल पूरा गरी केही समय अघिमात्र अवकाश पाएका निरौला अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा सञ्चालक नियुक्त भएका थिए । बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट उनले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय समेतको उपस्थिति थियो ।

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकबाट अवकाश हुनु अघि मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई निजी बैंक काम गर्नका लागि कुलिङ पिरियडको व्यवस्था भएपनि सरकारी बैंकका लागि भने त्यस्तो व्यवस्था छैन ।

Advertisement

Advertisement

Advertisement