नेपाली सिमेन्ट उद्योगीहरुले पनि अब ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न पाउने भए

Advertisement

काठमाडौं । नेपाली सिमेन्टहरुको ‘ग्रेडिङ’मा रहेको समस्यालाई सरकारले समाधान गरेको छ । यसअघि ३३ ग्रेड लेखेर मात्रै सिमेन्ट उत्पादन र बिक्री गर्दै आएका नेपाली उद्योगहरुले अब ४३ र ५३ ग्रेड उल्लेख गरेर सिमेन्ट बिक्री गर्न पाउने भएका छन् ।

सिमेन्ट उद्योगहरुले आफूहरुले ४३ र ५३ ग्रेडकै सिमेन्ट उत्पादन गर्दा पनि ३३ ग्रेड लेखेर बजारमा ल्याउनुपर्दा ठूला आयोजनाहरुमा त्यसको उपयोग हुन नसकेको र बाहिरबाट सिमेन्ट आयाग गर्ने काम हुँदै आएको भन्दै यो स्थिति अन्त्य गर्न माग गर्दै आएका थिए । गएको साउनबाटै यस्तो व्यवस्था लागू गर्ने भनिए पनि गुणस्तर तथा नापतौल विभागले यसको कार्यान्वयनमा आनाकानी गर्दै आएको थियो ।

तर यही फागुन १८ गतेको मन्त्रिपरिषद बैठकले नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट ४३ र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सुचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले नेपाली सिमेन्टको ग्रेडिङलाई विशिष्टिकरण गर्ने कुरा सकारात्मक भए पनि यसको प्यारामिटरमा भने कडाई गरिएको भन्दै भारतीय सिमेन्टसरह प्यारामिटर बनाउनु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement