महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि पाँचौं पटक अष्ट्रेलियालाई

Advertisement

मेलबर्न । महिलाहरुको वुमेन्स ट्वान्टी– २० विश्वकप २०२० क्रिकेट प्रतियोगिताको उपाधि अस्ट्रेलियाले हिात पारेको छ । शनिबार भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि हात पारेको हो ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा भारतले सबै विकेट गुमाएर १९.१ ओभरमा ९९ रन मात्र बनायो ।

यो जितसँगै अस्ट्रेलियाले पाँच पटक वुमेन्स ट्वान्टी–२० विश्वकप जित्न सफल भएको छ । उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि हात पार्न सफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement