कोरोनाका कारण भारतमा एक जनाको मृत्यु, सिमा नाका बन्द गर्ने नेपालको निर्णय

Advertisement

काठमाडौं । कोरानो संक्रमणका कारण भारतमा एक जनाको मृत्यु भएको छ । भारतको कनांटकमा ७६ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भारतमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घट्ना हो ।

मृतक २९ फेब्रअरीमा मलेसियाबाट फकिर्एका थिए र स्वास्थ्यमा समस्या देखिएपछि ९ अप्रिलमा अस्पताल भर्ना भएका थिए ।

कर्नाटकका स्वास्थ्य मन्त्री श्री रामुलुले ट्वीट गर्दै कोरोनाका कारण वृद्धको मृत्यु भएको पुष्ठि गरेका छन् भने मन्त्रायले पनि विज्ञप्ति प्रकाशित गरेको छ । भारतको कर्नाटक, तामिलनाडु, केरला, दिल्ली हुँदै उत्तर प्रदेशसम्म कोरोना संक्रमण फैलिसकेको छ ।

भारतमा कोरोनाका कारण एक जनाको मृत्यु भएपछि नेपाल सरकारले भारत तर्फका अधिकांश नाकामा बन्द गर्ने निर्णय गरेको छ । रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समन्वय समितिले भारत तर्फका अधिकांश नाका बन्द गर्ने र सञ्चालनमा रहने सिमित नाकाहरुमा चेकजाँचमा कडाई गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशको राजधानी लखनऊमा कोरोनाको संक्रमण देखिएपछि नेपालले उच्च सतर्कता अपनाउन लागेको हो ।

Advertisement

Advertisement

Advertisement