सुनचाँदी व्यवसायीलाई सुरक्षाको चिन्ता, महासंघद्वारा चोरी घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहको प्रति चिन्ता व्यक्त गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गतको नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ काँग्रेस चोक स्थीत ‘मोनिका सुनचाँदी पसल’मा फागुन १८ गते राती चोरी भएको विषयमा विहीबार महासंघले विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त पसलको सटर फुटाएर करीव ८१६ ग्राम सुन, रु.७ लाख नगद र १ के.जी चाँदी राखिएको सेफ नै उठाएर लगेको पिडित गहना व्यवसायी उमेश गहतराजले महासंघमा जानकारी गराएका छन् ।

महासंघका महासचिव कृष्णलाल महर्जनले प्रकाशित गरेको विज्ञप्तिमा पूर्व–पश्चिम राजमार्गसंग जोडिएकोले चौविसै घण्टा यातायात संचालन भईरहने स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदा समेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको ११औं दिन सम्मपनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको उल्लेख छ ।

उक्त अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमालको क्षतिपूर्ति दिलाउन महासंघले माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement