सुनको मूल्यः आज पाँच सय रुपियाँ बढ्यो, तर गतसाता भन्दा प्रतितोला ३ हजार सस्तो

Advertisement

काठमाडौं । केही दिनदेखि घटेको सुनको मूल्य आज शुक्रबार भने बढेको छ । हिजोको तुलनामा आज प्रतितोला ५ सय रुपियाँ बढेपनि गत साताको शुक्रबार भन्दा ३ हजार रुपियाँले गिरावट आएको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो भने आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रूपियाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २०० र चाँदीको मूल्य प्रतितोला ७ सय रुपियाँ कायम गरिएको छ । चाँदी हिजोको तुलनामा तोलामा २० रुपियाँ बढेको हो । विहिबार  छापावाल सुन अघिल्लो दिनको तुलनामा १ हजार पाँच सय रुपियाँ घटेर प्रतितोला ७५ हजार रूपियाँ कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार छापावाल सुन ७६ हजार ५ सय, तेजावी सुन ७६ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहँदै प्रतितोला ७ सय १० रुपियाँमा कारोबार भएको थियो ।

मंगलबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७७ हजार पाँच रुपियाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । चाँदीको मूल्य स्थीर रहँदै प्रतितोला ७ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

गत शुक्रबारको तुलनामा चैत २ गते आइतबार प्रतितोला १५ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य सोमबार भने प्रतितोला ५ सय रुपियाँले बढेको थियो ।

चैत २ गते आइतबार भने छापावाला सुन प्रतितोला ७७ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार अघिल्लो दिनको तुलनामा एकै दिन प्रतितोला ३ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार कोरोना भाइरसको प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएकोले सेयर मार्केटमा भारी गिरावट आउँदा सुनको भाउमा पनि भारी गिरावट आएको हो ।

अन्तराष्ट्रिय बजारमा डलरको मजबुत हुन गई सुनको भाउमा भारी गिरावट आएको, डलरको तुलनामा भारतीय मुद्रा पनि कमजोर भएकाले अन्तरिक बजारमा पनि सुनको भाउमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement