पोखरा महानगरकी उपप्रमुख गुरुङले ६५ हजार रुपैयाँ जग्गा भाडा छुट दिइन्

Advertisement

पोखरा । कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गरेको आग्रहलाई पोखराकी एक जनप्रतिनिधिले पुरा गरिदिएकी छिन् ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आफ्नो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन। सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ । कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उनले व्यवसायीलाई राहतस्वरुप एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिइन ।

गाउँ फर्किने अभियान नै चलेसँगै पोखरा रित्तिँदै गएपछि व्यापार–व्यवसायमा आएको मन्दीका कारण घरभाडा, बैंक ब्याजलगायत विभिन्न क्षेत्रमा छुटको माग गर्दै आएका व्यवसायीलाई यस्ता छुटले राहत पुग्ने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement