कोरोनाले एक वर्षपछि सर्यो टोकियो ओलम्पिक, २५ बिलियन डलर लगानी जोखिममा

Advertisement

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण टोकियो आलम्पिक रोकिएको छ । जापानका प्रधानमन्त्री सिञ्जो आवे र अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बेचले टोकियो ओलम्पिक एक वर्षलाई सार्ने निर्णय गरेको हो ।

टोकियो ओलम्किप जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म आयोजना हुँदै थियो । कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै त्रसित भएकाले ओलम्पिक एक वर्षपछि सार्ने घोषणा गरिएको हो । अब सन २०२१ को मध्यतिर ओलम्पिक आयोजना गर्ने सहमति पनि भएको छ । जापानले ओलम्किप आयोजनाका लागि २५ बिलियन डलर खर्च गरेको बताइन्छ । यसको अधिकांश हिस्सा भने पूर्वाधार निर्माणमा खर्च भैसकेको बताइन्छ ।

सन १९१६, १९४० र १९४४ मा प्रथम र दोश्रो विश्व युद्धका समयमा मात्रै ओलम्पिक स्थगन भएको थियो । बाँकी सबै समयमा ओलम्पिक समयमै आयोजना हुँदै आएको थियो ।

ओलम्पिकलाई विश्वभरका नागरिकहरुको ध्यान खिच्ने सबै भन्दा ठूलो कुम्भ मेला मानिँदै आएको छ । ओलम्पिक आयोजना गर्न पाउनु कुनै पनि देशका लागि प्रतिष्ठाको विषय बन्ने गरेको छ । ओलम्पिक आयोजना पश्चात आयोजक देशको अर्थतन्त्रमा व्यापक सुधार आउने अपेक्षा पनि गरिन्छ ।

Advertisement

Advertisement

Advertisement