चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउँदै ओलीले भनेः चिन्ता नगर्नुस, सरकार तपाईको साथमा छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमण रोकथाम तथा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । बिहिबार ट्वीट गर्दै ओलीले चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको साथमा सरकार रहेकाले चिन्ता नगरी ढुक्कसँग काममा खटिन आग्रह गरेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमणका विरुद्ध खटिएका स्वास्थ्य कर्मीहरुको मनोबल उकास्न सरकारले ध्यान दिनुपर्ने आवाज उठिरहेको थियो । सोही सन्दर्भमा प्रधानमन्त्री ओलीले बिहिबार चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको मनोबल बढाउन ४ बुँदे ट्वीट गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement