हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी तथा सिटिजन्स बैंकले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सोमबार फरक फरक समयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उनीहरुले सहयोग रकमको चेक समेत हस्तान्तरण गरेका छन् । गोर्खा लाहारीका कम्पनीका म्यानेजर बजरंगीप्रसाद सिंहले १० लाख र सिटिजन्स बैंक हेटौंडाका सहायक म्यानेजर मोनिका प्रधान र क्रेडिट बिभागका दीपबहादुर थापाले ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी गोर्खा लाहारीले १ लाख रुपैयाँ जिल्ला बिपद कोषमा प्रदान गरेको छ । कम्पनीका म्याजेजर सिंहले जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललाई १ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सहयोग गर्न कोषमा रकम प्रदान गरिएको संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।