आर्थिक वृद्धिदर ऋणात्मक नहुने तथ्यांक विभागको अनुमान, कृषि क्षेत्रले वृद्धिदर धेरै गिर्न नदिने

Advertisement

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक नहुने दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको तग्यांकअनुसार वृद्धिदर २।२७ प्रतिशत हुने अनुमान गरेको हो ।

निजी क्षेत्रका अगुवाहरुले कोरोना भाइरस महामारी रोक्न सरकारले लागू गरेको लकडाउनका कारण वृद्धिदर ऋणात्मक हुनसक्ने बताइरहेको बेला विभागले भने त्यस्ता हुन नदिने कृषि क्षेत्रको योगदान रहने अडकल गरेको हो । कुल ग्रार्हस्थ उत्पादन मुख्य योगदान गर्दै आएको कृषि क्षेत्रको वृद्धिदर २.५४ रहने अनुमान गरिएको छ । कुल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदान २८.२० प्रतिशत रहेको छ ।

त्यस्तै, १३.७२ प्रतिशत हिस्सा रहेको उद्योग, निर्माण र ग्यास तथा पानी क्षेत्रको बृृद्धिदर ३.३६ प्रतिशत हुने ८.०८ प्रतिशत योगदान रहेको सेवा क्षेत्रको बृद्धिदर १.९९ प्रतिशत रहने अनुमान गरिएको छ । विभागले हालसम्म प्राप्त विवरणहरुको अध्ययन गर्दा आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशतले हुने देखिन्छ भन्दै कोरोना महामारी रोकथाम गर्न अबलम्बन गरिएका आन्तरिक तथा बाह्य प्रभावहरुले वृद्धिदर ऋणात्मक हुन नदिने तर्क गरेको छ ।

कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ ? भनेर अनुमान गर्न नसकिए पनि होटल, रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय यातायात क्षेत्र चालु आर्थिक बर्षमा अत्यधिक प्रभावित हुने र बाँकी क्षेत्र जेठपछि सुधार हुने आशाका आधारमा अनुमानहरु तयार पारिएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement