महेन्द्रले कालापानी क्षेत्र बेचेको नभई बरु नेपालकै हक कायम गरेको प्रमाण भेटियो

Advertisement

काठमाडौं । राजा महेन्द्रले दुई बाकस सुनमा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतलाई बेचेको केही व्यक्तिहरुले प्रचार गरिरहेको बेला उल्टै उनले उक्त भूमि नेपालको हक कायम गरेको प्रमाण भेटिएको छ । प्रमाणअनुसार चीनको पेकिङ पुगेका बेला सन् १९६१ को अक्टोबर ५ मा राजा महेन्द्रले चीनका तत्कालिन राष्ट्रपति ल्यु साओचीसँग पाँच बुँदे सम्झौता गरी कालापानी, काली नदी, लिम्पियाधुरामा नेपालको हक कायम लाग्ने कुरा स्थापित गरेको देखिएको छ ।

Advertisement

राष्ट्रवादी राजाको रुपमा चिनिएका उनले तत्कालिन समयमा नेपालका विभिन्न ठाउँमा अड्डा जमाएर बसेका भारतीय सैनिकहरुलाई फिर्ता गराउन सफल भए पनि कालापानीमा भने अझै हटेका छैनन् । भर्खरै चीनका लागि राजदूत भएर गएका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डलगायतले कालापानी क्षेत्र राजा महेन्द्रले भारतलाइ बेचिसकेको दावी गर्दै आएका थिए । उनीहरुले त्यस्तो दावी गरे पनि अहिलेसम्म बेचेको कुनै प्रमाणभने भेटिएको छैन् । तर लिम्पियाधुरासम्म नेपालको सीमा रहेको प्रमाणहरु अझै पनि प्रशस्त भेटिएका थिए ।

Advertisement

Advertisement