कसरी कमाउने सम्पति ? यी हुन धनी बन्ने १२ उपाय

Advertisement

काठमाडौं । धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर अक्सर मानिसहरुले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ । मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु हुन्छन् । यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् । गरिब भएर जन्मनुमा उसको कुनै दोष हुन्न तर गरिब नै रहेर मर्नुमा भने उसको आफ्नै दोष हुन्छ । त्यसकारण यदि तपाई पनि सफलता र धनलाई आफ्नो जीवनको पर्याय हिस्सा बनाउन चाहानुहुन्छ भने यी १२ वटा गुणहरुको विकास गर्नुहोस् ।

१) सपना देख्ने
सपना नदेख्ने व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनिहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।

२) समयको महत्व बुझ्ने
समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ, उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

३) कमाई अनुसार बचत गर्ने
कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चिय पनि बचत गर्नुपर्छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

४) समाजमा केही गर्ने इच्छाशक्क्ति
समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसहरु पनि धनि बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छाशक्क्ति हुनु जरुरी हुन्छ ।

५) वृहत सोँच
संकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् । त्यसकारण तपाई आफुमा वृहत सोँचको विकास गर्नुहोस् ।

६) कर्ममा विश्वास
भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् । त्यसकारण तपाई आफ्नो कर्ममा विश्वास गर्नुस् ।

७) ऋण नलिने
ऋण नलिने मान्छे व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् । ऋण लिएर उपयुक्त ठाँउमा लगानी गरेर आम्दानी बढाउन लाग्नुपर्छ ।

८) उच्च मनोबल
आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् । त्यसकारण तपाई आफ्नो मनोबललाई उच्च बनाईराख्नु होस् ।

९) अरुलाई सम्मान गर्ने
अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । किनकि धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।

१०) महिलालाई सम्मान गर्ने
नारीहरु शक्तिका श्रोत हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्रीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन । त्यसकारण महिलाहरुलाई सम्मान गर्नुहोस् ।

११) लगनशीललता
जीवन आफैं संघर्षको अर्काे नाम हो । जसले मेहनत र संघर्ष गर्छ, उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

१२) कुलतमा छोड्नुस
कुलतमा फसेका व्यक्तिहरुले जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस्ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।-एजेन्सीहरुको सहयोगमा

Advertisement

Advertisement

Advertisement