चीनले भन्यो-कालापानी विवाद नेपाल–भारतको आपसी मामला, भारतमा रोइलो

Advertisement

काठमाडौं । चीनले कालापानीको सिमा विवाद नेपाल र भारतको आपसी मामला भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नियमित पत्रकार सम्मेलनका क्रममा कालापानी विवाद नेपाल भारतको आपसी मामला भएको बताएका हुन् ।

उनलाई सोधिएको एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजानले भने–‘ कालापानीको विषय नेपाल र भारतको आपसी मामला हो, हामी चाहान्छौं की दुई देशबीचका विमतिहरु आपसी मित्रवत छलफल र सम्वादका माध्यमबाट सुल्झाउने छन् । र दुबै देशले जटिल स्थिति ल्याउने गरि कुनै कदम चाल्ने छैनन् ।

भारतमा रोइलो
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा स्वीकृत गरेसँगै भारतमा भने रोइलो सुरु भएको छ । भारतीय सञ्चार माध्यमहरुले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको टिप्पणी सुरु गरेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले पनि नेपालले कुनै देशको उक्साहटमा कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दावी पेश गरेको बताएका थिए । यतिबेला भारती सञ्चार माध्यमहरुमा नेपालले जारी गरेको नक्सा विरुद्ध बहस सुरु भएको छ । अधिकांश भारतीय टेलिभिजन च्यानलहरुले विज्ञहरुलाई बोलाएर नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै बहस गराईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement