कालापानी क्षेत्र आफ्नै भएको भारतीय जिकिर, नेपालको नयाँ नक्सा 'कृतिम विस्तार' भएको तर्क

Advertisement

काठमाडौँ । भारतको विदेश मन्त्रालयले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा आफूहरुलाई मान्य नहुने बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फीरुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने बताएका हुन् ।

नेपालले बुधबार कार्यक्रम गरी कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय प्रतिक्रिया आएको हो । करिव छ महिनाअघि भारतले पनि यसरी नै कालापानी क्षेत्रलाई अतिक्रमण गरेर आफ्नो नक्सा सार्वजनिक गरेको थियो ।

श्रीवास्तव भन्छन्, ‘नेपालले आज आफ्नो संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा भारतीय केही भूमि पनि समेटिएको छ ।’ नेपालको कदम एकतर्फी भएको र यो ऐतिहासिक तथ्य एवं प्रमाणमा पनि आधारित नभएको भन्दै उनले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको आरोप लगाए ।

नेपालको कदमलाई ‘कृत्रिम विस्तार’को संज्ञा दिँदै श्रीवास्तवले नेपालले दुईपक्षीय वार्ताका लागि वातारवण बनाउने आशा आफूहरुले लिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement