‘कोराना सङ्कटका बेला योग गरौँ, मानसिक स्वास्थ्यसम्वन्धी समस्या भगाऔँ'

Advertisement

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ । विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् ।

अनुसन्धानको नेतृत्व गरेकी जकिन्ता ब्रिन्स्लीले सामाजिक दुरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिइन् । अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताइन् ।

त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सवैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाईलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दावी छ । रासस/एएनआई

Advertisement

Advertisement

Advertisement