'लकडाउन'ले धेरै आर्थिक सुचकहरु खस्किँदा शोधनान्तर स्थिति भने बचतमा, कारण– आयात नगन्य

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले अर्थतन्त्रका धेरै क्षेत्र नराम्रोसँग प्रभावित भए पनि विदेशी विनिमय सञ्चितिमा भने सुधार आएको छ । अत्यावश्यकबाहेक सबै वस्तुहरुको आयात ठप्प प्रायः रहेका कारण शोधनान्तर स्थितिमा निकै सुधार आएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा चालु आर्थिक बर्षको आर्थिक अवस्था सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय व्यापारमा कमी आएकाले शोधनान्तर स्थिति बचतमै रहन सकेको बताए । उनले शोधनान्तर बचत कति ? भन्ने चाहीं खुलाएनन् । आयातको तुलनामा निर्यात व्यापार साह्रै न्यून रहेको नेपालमा नेपाली युवाहरुले पठाएको विप्रेषणले विदेशी मुद्राको सञ्चितिलाई धान्दै आएको थियो ।

कोरोना नियन्त्रण गर्न लागू गरिएको लडकाउनको प्रतिकुल अवस्थामा पनि बाहिरबाट विप्रेषण आउने क्रम जारी रहेकाले विदेशी मुद्राको संचिति उत्साहजनक नै रहेको छ भने शोधनान्तर स्थिति बचतमा रहन सकेको छ । अर्थमन्त्री खतिवडाले फागुनसम्मको सकारात्मक आर्थिक सुचकहरु संसदमा प्रस्तुत गरे पनि त्यसपछिको दयनीय अवस्था भने सार्वजनिक गर्न सकेनन् । लकडाउनका कारण मुलुकको आर्थिक वृद्धिमा संकुचन आई दुई दशमलव २८ प्रतिशत कायम रहने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । लकडाउन र कोरोनाको प्रभाव लम्बिएमा आर्थिक वृद्धिदर ऋणात्मकसमेत हुनसक्ने बताइएको छ ।

मन्त्री खतिवडाले मुद्रास्थितिमा केही वृद्धि भएको तथ्य प्रस्तुत गरेका छन् । गत बर्ष ४ प्रतिशतको हाराहारीमा रहेको मुल्यवृद्धि अहिले ६ प्रतिशत नाघेको छ ।

Advertisement

Advertisement

Advertisement