कूल ग्राहस्थ उत्पादनमा करिब एक खर्ब ६८ अर्ब रुपियाँ नोक्सानी हुने अनुमान

Advertisement

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाई रहेकाबेला मुलुकको अर्थतन्त्र पनि यसको चपेटमा परेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६।७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने र कूल ग्राहस्थ उत्पादनमा समेत नोक्सानी हुने भएको हो।

मुलुकमा कोभिड–१९ को संक्रमण फैलिनुअघि राष्ट्र बैंकले चालु आवमा ७ प्रतिशतले आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा केहीदिन अघि केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको २ दशमलव २८ प्रतिशत आर्थिक वृद्धिदर प्रेक्षपणसँग तुलना गर्दा यो वर्ष कूल ग्राहस्थ उत्पादनमा करिब एक सय ६८ अर्ब रुपियाँ नोक्सानी हुने प्रारम्भीक अनुमान गरिएको हो।

मुलुकले विगत तीन वर्षदेखी औषत ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै आएकोमा चालु आवमा कोभिड–१९ को कारण आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा खुम्चीने भएको जनाइएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन अनुसार चालु आवमा धान उत्पादन घट्नुका साथै महामारी कारण उत्पादन तथा आपुर्ति प्रणाली प्रभावित हुनेछन्।

उत्पादन र आपुर्ति प्रणाली प्रभावित भएपनि खानी तथा उत्खनन्, उत्पादन, निर्माण, होटल तथा रेष्टुरेन्ट, यातायत लगायतका क्षेत्रमा समेत आर्थिक वृद्धि ऋणात्मक रहने राष्ट्र बैंकको अनुमान छ।

चालु आवमा कूल गार्हस्थ उत्पानदनसँग उपभोगको अनुपात बढ्ने र कूल राष्ट्रिय बचत, कूल स्थिर पूँजी निर्माण र साधन अन्तरको अनुपात घट्ने अनुमान गरिएको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement