मास्क र न्यानिटाइजर महंगोमा बेच्ने ३ कम्पनीलाई २ लाख ७० हजार जरिवाना

Advertisement

काठमाडौं । मास्क र स्यानिटाइज महंगो मूल्यमा बेच्ने ३ कम्पनीलाई २ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले महंगोमा मास्क र स्यानिटाइजर बेच्ने ३ वटा अनलाइन शपलाई जरिवाना गरेको हो ।

तीनकुनेको नक्षत्र इन्कर्पाेरेशन प्रालीलाई २ लाख जरिवाना गरेको छ भने व्यवसाय दर्ता नगरि किनबेचच गरेकोमा अलिबाबा नेपाललाई ५० हजार जरिवाना गरेको छ । साथै इजी शप कोटेश्वरलाई पनि २० हजार जरिवाना गरेको छ ।

कोरोना महामारीको संक्रमण बढेसँगै मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरुको कालाबजारी बढेपछि विभागले पछिल्लो समय बजार अनुगमनलाई तिब्र बनाउँदै लगेको छ ।

Advertisement

Advertisement

Advertisement