कुमारी बैंकमा विलय अघि देवः विकास बैंकले दियो ८.५५ प्रतिशत लाभांश, स्वाप रेसियो कति ?

Advertisement

काठमाडौं । कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले लगानीकर्तालाई  ८.५५ प्रतिशत लाभांश दिने भएको छ । जेठ १९ गते भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले लगानीकर्तालाई चुक्ता पुँजीको ८.५५ प्रतिशतले हुने २७ करोड १६ लाख ४२ हजार एक सय २९ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

भर्चुअल साधारण सभामा बैंक सञ्चालक समिति अध्यक्ष बज्र गुरुङ्गले कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभा भर्चुअल माध्यमबाट आयोजना गरेको बताएका थिए ।

साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने र सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता शेयर बराबर कुमारी बैंक लि.को ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता शेयर हुने गरि स्वाप रेसियो निर्धारण हुने गरि अघि बढन्े प्रस्ताव पनि पास गरेको छ ।

Advertisement

Advertisement

Advertisement