कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले ज्येष्ठ नागरिकलाई घरमै भत्ता

Advertisement

काठमाडौँ । लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको व्यवस्था गरेको छ ।

धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सुरक्षा अपनाएर जनप्रतिनिधिले घरमानै भत्ता दिने व्यवस्था गरेका हुन । कामपाको ३२ वडामा स्थायी बसोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई घरमै भत्ता प्रदान गरिँदै आएको छ । यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।

महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पु¥याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ । केही वडाले वितरण शुरु गरेका र केहीले तत्कालै शुरु गर्ने तयारीमा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भत्ता वितरणको लागि कामपाले रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको छ । अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई कामपाले विषेश भत्ता उपलब्ध गराएको थियो ।

Advertisement

Advertisement

Advertisement