फोनपेले पायो ‘पीसीआइ डिएसएस भिथ्रिटुवान’, सबै प्रकारका कारोबार सुरक्षित रहेको प्रमाणित

Advertisement

काठमाडौँ । फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड ‘पीसीआइ डिएसएस भिथ्रिटुवान’ प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको कम्पनीले जानएको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बनगरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नु पर्दछ ।यसले डाटाको भण्डारण,प्रक्रियातथा डाटाहरुको सुरक्षागर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी, नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि क्यूएसए एसआईएसएको पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको हो ।

पmोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने– ‘फोन पे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउँछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाई संस्था तथा ग्राहकको वित्तीय क्षतिको जोखिम हटाउँछ ।’

सिसा विश्वव्यापीका संस्थापक तथा सिइओ धर्सन शान्तमुर्तिले भने–‘पीसीआइ डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफलभएकोमा फोनपे टिमलाई बधाई छ ।’

पmोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको कम्पनीले जानएको छ ।

Advertisement

Advertisement

Advertisement