राष्ट्रिय सहकारी बैंकले असार १ गतेदेखि बचत र कर्जामा २ प्रतिशत ब्याज घटाउने

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले लकडाउनका कारण परेको समस्यालाई मध्यनजर गरी जेठ मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिने तथा असार १ गतेदेखि लागु हुने गरी बचत र कर्जामा २ प्रतिशत सम्म ब्याज घटाउने भएको छ ।

सञ्चालक समितिको बुधवारका सम्पन्न भर्चुअल बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केबी उप्रेतीले बताए । बैंकको समसामियक अवस्था, लकडाउनका कारण उत्पन्न परिस्थिति र बैंकका तर्फबाट भएका समन्वय र सहकार्यका विषयमा समेत उक्त बैंठकमा छलफल भएको थियो ।

बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन)बीचको सहकार्य अनुसार साझा मार्गचित्र परिमार्जन सहित पारित निर्णय भएको अध्यक्ष उप्रेतीले बताए ।

Advertisement

Advertisement

Advertisement