‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १० लाख प्रयोगकर्ता

Advertisement

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा आफूहरु एक बनेको खुल्तीको भनाई छ ।

आफूहरुले यो उचाइ तीन बर्षमै हासिल गरेको भन्दै कम्पनीले प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको बताएको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै एक लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको जनाइएको छ ।

वेभपेज खल्ती डटकमबाट पनि अनलाइन पेमेन्ट गर्दै आएको यस कम्पनीले मोवाइल र वेभपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको जनाएको छ । नेपाली नामलाई आफ्नो ब्राण्ड बनाएको खल्तीको प्रवद्र्धक कम्पनी स्प्यारो पे प्राली हो । खल्तीबाट मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, चलचित्र, हवाई सेवाको टिकट काट्न, होटल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म प्रयोग गर्न सकिन्छ ।

कम्पनीका निर्देशक अमित अग्रवालले आफैहरुले निकै लोकप्रियता हासिल गरेको भन्दै खल्तीलाई प्रकारका व्यवसाय, संघसंस्था, सेवा प्रदायकलाई जोड्दै हरेक कारोबारको भुक्तानी मोवाइलबाटै गर्नसक्ने बनाउन आफूहरु लागिरहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement