चैतसम्मको कर तिर्ने बैंकर्सको निर्णय, कति उठ्छ राजश्व ?

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले चैत मसान्त अवधीसम्म्को कर तिर्ने निर्णय गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले चैत मसान्तसम्मको कर तिर्ने समझदारी गरेको हो ।

सरकारलाई दैनिक खर्च धान्न समेत अप्ठेरो परेकाले चैत मसान्त अवधीसम्मको कर तिर्ने समझदारी गरेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए ।

२७ वटा बाणिज्य बैंकहरुले बार्षिक रुपमा करिब २० अर्ब रुपैयाँ आयकर तिर्ने गरेका छन् । त्यसमा ब्याज आम्दानीमा पनि ५ प्रतिशत कर र कर्मचारीहरुको टिडिएस समेत तिर्ने गरेका छन् ।

बणिज्य बैंकहरुले चैत मसान्तसम्मको आयकर वापत करिब ५ अर्ब रुपैयाँ भन्दा बढी रकम सरकारलाई बुझाउनेछन् ।

Advertisement

Advertisement

Advertisement