ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलन गर्दै

Advertisement

काठमाडौं । ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाईका लागी भर्चुअल सम्मेलन गरिदै छ । सम्मेलनको मुख्य अतिथिका रुपमा माननीय गिरीराजमणि पोखरेल, शिक्षा मन्त्री, नेपाल सरकारले गर्दै उद्घाटन मन्तव्य दिने कार्यक्रम रहेको छ ।

ग्लोकल अफ्टर स्कूल, ग्लोकल प्राइवेट लिमिटेडको एक अभिन्न अङग हो र यसले बिगतका वर्षहरु वाट बिभिन्न सिप सिकाई तथा शिक्षाका कार्यक्रमहरु अफलाइन तथा अनलाई संचालन गर्दै आएको छ । सोही ग्लोकल अफ्टर स्कूलले २ दिने अनलाइन लर्निङ भर्चुअल कन्फरेन्स १४ र १५ असारमा आयोजना गर्न गैरहेको छ । यस इलर्निङ सिकाई सम्मेलनले यस क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अलाइन शिक्षण र शिक्षाको भविष्यमा र शिक्षाको सिद्धान्तमा बिकास गर्न एक साझा मन्च प्रदान गर्नेछ ।

ग्लोकल आफ्टर स्कूल (ग्लोकल प्रालिको इकाई) ले बिभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो । यि अन्लाईन पाठ्यक्रमहरू बिभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सिप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो । र्अन्लाईन शिक्षा पोर्टल, भविस्यमा पनि सुचारु गर्ने लक्ष्य लिएर ग्लोकल टीम अघि बढेको छ ।

सम्मेलन को मुख्य लक्ष्य भनेको अनलाईन लर्निङका सम्भावनाहरु लाई सम्बोधन गर्नु हो, चुनौतीहरु र अनलाइन लर्निंग भित्र का अवसर एवम बिकासका बारेमा छलफल गर्नु हो । सम्मेलनले दुबै प्राविधिक साथै अनलाइन लर्निंगको गैरप्राविधिक पक्षहरूलाई पनि समेट्छ ।

सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सिटिइभिटी जस्ता शिक्षण मञ्चहरुका तर्पmवाट मन्तव्य तथा विश्लेषणहरु रहनेछ ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक, आशीष ठाकुर भन्छन्–“यस सम्मेलनको माध्यमबाट, हामी शिक्षण संयन्त्रको चुनौतीपूर्ण समस्याहरूको चलिरहेको आविष्कार, अनुप्रयोग र समाधानहरूको लागि योगदान दिन र अनलाईन सिकाई संयन्त्र मा प्रभाबकारी ढंगले बिकास गर्न के गर्न सकिन्छ भन्ने बारे छलफल एवम विकास गर्न चाहन्छौं । सम्मेलनको मुख्य लक्ष्य अन्लाईन लेअर्निङमा नबिनता थप्न र शिक्षाको बिकासमा यसको प्रभाबकारीताका बारे छलफल गर्नु रहेको छ ।”

Advertisement

Advertisement

Advertisement