पोखराले ल्यायो ६ अर्ब १९ करोडको बजेट, युवाहरुलाई व्यवसाय सुरु गर्न नवउद्यम प्रवद्र्धन कार्यक्रम

Advertisement

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँको बजेट ल्याएको छ । आज आयोजित सातौँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान छ ।

राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको छ । आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको बजेट वक्तब्यमा उल्लेख छ ।

महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने बजेटमा उल्लेख छ । यसअघि पोखरा महानगरको नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर मानवहादुर जिसीले कोभिड १९ को प्रकोपको कारण घोषणा भएको लकडाउनको कारण रोजगारी गुमाउन पुगेका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारलाई राहत उपलव्ध गराउन महानगरपलिकाले कोभिड १९ प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी कोभिड १९ ले सिर्जना गरेको प्रतिकुल अवस्थाको सामना गर्न युवाहरुलाइै नयाँ व्यवसाय सुरु गर्न नव उद्यम प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement