चीनसँग सीमा  विवाद छैन: सरकार

Advertisement

काठमाडौं । सरकारले चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गर्दै चीनसँग कुनै पनि ठाउँमा सिमा विवाद नरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयले नेपाली भूमि चीनले मिचेको भन्ने सञ्चार माध्यममा आएका सूचनाहरुले आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । कृषि विकास मन्त्रालयको प्रतिवेदनको हवाला दिँदै छापिएका समाचारहरुमा सत्यता नभएको र सो मन्त्रालयले आफुसँग त्यस्तो अध्ययन प्रतिवेदन समेत नरहेको स्पष्ट पारेको पनि जनाएको छ ।

कृषि विकास मन्त्रालयले सिमा विवाद सम्बन्धी मामिला आफ्नो क्षेत्राधिकार भित्र नरहेको समेत स्पष्ट पारिसकेको पनि परराष्ट्रले जनाएको छ । नेपाल र चीनबीच सन १९६१ अक्टोबर ५ मै सिमा विवाद समाधान भएको पनि परराष्ट्रले जनाएको छ । प्राकृतिक कारणले पिलर न. ३७ ३८ भने दुई देशबीचको सहमतिमा नराख्ने निर्णय भएको पनि मन्त्रालयले बताएको छ ।

Advertisement

Advertisement

Advertisement