पढ्न र जाँच दिन नपाउँदा ९० लाख विद्यार्थीको भविश्य अन्योलमा, अभिभावक तनाबमा

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ । लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न पाउने विषयमा अनिश्चितता कायमै छ । त्यति मात्र होइन, विद्यालय तहमा स्थगित भएका परीक्षामध्ये एसइईको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भए कक्षा ११ र १२ को औपचारिक निर्णय भएको छैन । विश्वविद्यालयस्तरमा केही संकायमा केही विषयको सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । केही परीक्षा सञ्चालनको तयारी अवस्थामा थिए । तर, ती परीक्षा स्थगित भएको तीन महिनासम्म कुनै विकल्प नआउँदा विद्यार्थी तनावमा परेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म कुल ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८) मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या करिब ५६ लाख छ । त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को टिएसएलसी र डिप्लोमामा ९१ हजार विद्यार्थी छन् । त्यसैगरी उच्च शिक्षा अध्ययन गर्ने चार लाखको हाराहारीमा विद्यार्थी कोरोनाका कारण प्रभावित भएका छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement