नेपालको जनसंख्या तीन करोड नाघ्यो

Advertisement

काठमाडौँ । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तग्यांक विभागको घडीमा शुक्रबारसम्म नेपालको जनसंख्या तीन करोड ६६४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा निर्धारण गरिएको घडीअनुसार यो तथ्यांक निर्धारण गरिएको हो ।

हरेक १० बर्षमा मुलुकको कुल जनसंख्या सार्वजनिक गर्दै आएको विभागले २०७८ सम्मको संख्या पूर्वानुमान गर्दै हरेक दिन एक हजारदेखि एक हजार एक सयका दरले जनसंख्या बढ्ने सुत्रका आधारमा अहिलेको कुल जनसंख्या तीन करोड नाघेको विभागको घडीले औंल्याएको हो । विभागका सुचना अधिकृत तीर्थराज चौलागाईंले विश्वमै नै प्रयोग हुने सुत्रका आधारमा मानिसहरुको बसाईं सराई, जन्मदर, मृत्युदरका आधारमा जनसख्याको प्रारम्भिक विवरण सार्वजनिक हुने बताउँदै सोही सुत्रका आधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर संख्या निर्धारण गर्ने गरिन्छ भने ।

Advertisement

Advertisement

Advertisement