मन्त्रीले एमसीसीको कर्मचारीसँग बसेर सम्झौतामा सही गर्नमिल्छ ? भन्दा कार्कीले उत्तर दिन सकेनन्

Advertisement

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौतामा सही गर्ने तत्कालिन मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौताबाट राष्ट्रघाट हुने कुरा अस्वीकार गरेका छन् । ऋण धमलाले चलाउने एक कार्यक्रममा उनले एमसीसी नेपालको हितमा रहेको जिकिर पनि गरे । कार्कीले एमसीसीमा राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकतामा आँच पुर्याउने कुनै पनि भावना र शब्द नरहेको दावी गर्दै एमसीसी राष्ट्रघाती छ भनेर ज–जसले नकारात्मक प्रचार गरिरहेका छन्, स्वयम तिनीहरुको काम राष्ट्रघाती भएको तर्क गरे ।

Advertisement

कार्कीले एमसीसी एक रातमै र बन्द कोठाबाट नआएको बताए । उनले भने, ‘यसका निमित्त धेरै लामा प्रक्रियाहरु अगाडि बढेका छन् । बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, प्रचण्डको प्रधानमन्त्री कार्यकालको टाईममा एमसीसीले एउटा गति लिएको थियो । त्यही लय र गतिको सिलसिलामा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यो चाहीँ सम्झौता भयो ।’
मन्त्रिपरिषदले सम्झौता गर्न आफूलाई निकास दिएकाले आफूले सम्झौता गरेको बताउँदै काकीले त्यतिबेला तत्कालिन नेकपा माओवादी केन्द्र पनि सरकारमा रहेको बताए । राष्ट्रियता भनेको जनता र भूगोल मात्रै होइन्, विकास र संवृद्धि पनि हो भन्दै उनले गरिवीमा राष्ट्रियता बलियो हुन्छ कि संवृद्ध समाजमा राष्ट्रियता बलियो हुन्छ ? भनी प्रश्न गरे ।
नेपाललाई एमसीसीमार्फत अमेरिकी सैन्य गठवन्धनमा सामेल गर्न लागिएको कुरा तर्क नभई कुतर्क भएको जिकिर गर्दै कार्कीले सरकारलेएमसीसीको सामान्य कर्मचारीले हस्ताक्षर गरेको सम्झौतामा तपाईंले किन हस्ताक्षर गर्नुभयो ? भनी सोधिएको प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् ? उनले प्रश्नकर्तालाई अर्नगल प्रचार नगर्न आग्रह गर्दै नेपालले ५० करोड डलर अनुदान पाउनु ठूलो कुरा भएको तर्क गरे । अमेरिकाको तर्फबाट किन विदेशमन्त्रीले सही गरेनन् ? भन्ने प्रश्नमा उनले यसलाई आलोचना गर्ने कुरा मात्रै बनाइएको बताए । सम्झौताका क्रममा अमेरिकाको विदेश मन्ँत्रालयका राज्यमन्त्री पनि सहभागी भएकाले आफूले सही गरेको कार्कीको भनाई छ ।अन्तिममा उनले आफू मन्त्रीको हैसियतमा अमेरिका नगएको र नेपाल सरकारको प्रतिनधिको रुपमा गएकाले सोही हैसियतमा एमसीसीमा सही गरेको तर्क गरे ।हेर्नुहोस भिडियोः

Advertisement

Advertisement