सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ घट्यो, आज प्रतितोला कति ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य घट्ने बढ्ने भइरहेको छ । हिजो प्रतितोला ५ सय रुपियाँ बढेको सुनको मूल्य आज फेरि प्रतितोला ७ सय रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार २ सय ६५ र चाँदी प्रतितोला ९ सय ६० रुपियाँमा किनबेच भएको थियो ।

मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार २ सय, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ७५ र चाँदी प्रतितोला ९ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement