बजेट अधिवेशन अन्त्य गर्ने मन्त्री परिषदको निर्णय

Advertisement

काठमाडौँ । सरकारले बजेट अधिवेशन आजै अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष शिफारिस गर्ने निर्णय गरेको छ।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ’ मन्त्री परिषद् श्रोतले भन्यो ।

‘कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको हो,’ श्रोतले भन्यो । मन्त्रिपरिषद् बैठक अघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement