पुनर्बीमा कम्पनीका अध्यक्ष गुरागाईँको पदावधि सकियो, सुवेदीले पाए जिम्मेवारी

Advertisement

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पुरुषोत्तम सुवेदीले पाएका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको असार १५ गतेको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सुवेदीलाई अध्यक्षको कामकाज गर्नका लागि अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महासंघको पत्र अनुसार तोकिएको कम्पनी सचिव विष्णुप्रसाख उपाध्यायले जनाएका छन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष महेशकुमार गुरागाईँको पदावधि असार १४ गते सकिएपछि सुवेदीलाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्न तोकिएको हो ।

Advertisement

Advertisement

Advertisement