सैपाल ग्याँस उद्योगले सुरु गर्यो उत्पादन र बिक्री

Advertisement

काठमाडौँ । सैपाल ग्याँस प्रालिको उत्पादन तथा बिक्रि-वितरण शुभारम्भ गरेको छ । सबैभन्दा कम ग्याँस उद्योग रहेको सुदूरपश्चिम प्रदेशको कैलालीमा उद्योग स्थापना गरी उत्पादन तथा बिक्री शुभारम्भ गरिएको उद्योगका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

नेपालजस्तो गरिब देश भएर पनि पेट्रोलियम पदार्थ त्यसमा पनि खाना पकाउने एलपी ग्याँसको खपत वार्षिक करिब चार लाख ३० हजार मेट्रिकटन रहँदै आएको छ । आज देशभरमा प्रत्येक महिना करिब २७ लाख सिलिन्डर खपत हुने गर्दछ अर्थात बार्षिक करिब ४० अर्बभन्दा धेरैको कारोबार हुने गर्दछ । एलपी ग्याँसको खपत वार्षिक २० प्रतिशतले बढीरहेको छ । ६१ औँ उद्योगका रुपमा सैपाल ग्याँस उद्योग स्थापना गरिएको अध्यक्ष घिमिरेले बताए ।

अध्यक्ष घिमिरेले भने–‘हाम्रो एभरेष्ट ग्याँस ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौँ उपत्यकासमेत ६ वटा उद्योग छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् । यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्रि–वितरण गर्दै आएको छ भने प्रत्येक महिना करिब १० लाख सिलिन्डर एलपी ग्याँस उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको छ ।’

‘हाम्रो ग्रुपले उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको यस क्षेत्र पहिचान गरी आवश्यक तयारीकै क्रममा यस क्षेत्रकै अत्याधुनिक यूरोपियन प्रविधियुक्त सैपाल ग्याँस उद्योग नयाँ उद्योग अर्थात् मेरो गु्रपको सातौँ उद्योगमार्फत् हाम्रो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ गरी तीन वटै प्रदेशमा यस उद्योगमार्फत् डिलरका माध्यमबाट उपभोक्ताको भान्सासम्म सेवामुखी व्यवसाय गर्दै जाने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो’- घिमिरेले भने ।

Advertisement

Advertisement

Advertisement