'मुलुक र जनतालाई माया गर्ने अर्धनिरङ्कुश सपुत चाहियो, यी दल र नेताले गर्दैनन्'

Advertisement

काठमाडौं । पूर्वसचिव शान्तराज सुवेदीले नेपाल बनाउन अर्धनिरंकुश शासन जरुरी भइसकेको बताएका छन् । अहिलेका दल र नेताबाट यो मुलुक बन्न नसक्ने संकेत गर्दै उनले नत्र मुलुक बर्बाद हुनसक्ने बताएका छन् । सुवेदी भन्छन्, 'मुलुक र जनताको माया र चिन्ता गर्ने एउटा बोल्ड अर्ध निरङ्कुश सपुत चहियो केही समय ! मुलुक त बनाउनै पर्छ ! यो फोहोरी राजनीतिक खेलको चक्रब्यूहरगोलचक्करले मुलुक बर्बादै होला जस्तो छ !'

Advertisement

मुलुकको कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण मुलुकको अर्थतन्त्र चौपटक भएको र जनताको दैनिकी कष्टकर बनिरहेको अवस्थामा झण्डै दुर्ईतिहाई बहुमतको सरकार हुँदाहुँदै सत्तारुढ दल नेकताका नेताहरु सत्ताको लुछाचुँडीमा लागेपछि चौतर्फी दल र नेताहरुको आलोचना बढिरहेको छ ।

Advertisement

Advertisement