विश्व बैंक भन्छ- नेपाल ! तिमी निम्नमध्यम आय भएको मुलुकमा उक्लियौ

Advertisement

काठमाडौं । नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) भएका मुलुकहरू न्यूनमध्यम आय वर्गमा पर्छन् । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकको तथ्यांक छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ । गत साल नौ सय ७० डलर आय भएको नेपाल यही वर्गमा थियो । सन् २०१९ मा नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको हो । नेपालमा विगत तीन आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि सोही अनुपातमा बढेको छ । मुलुकको कुल राष्ट्रिय आयलाई जनसंख्याले भाग गर्दा आउने अंक नै प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) हो । कुल गार्हस्थ्य उत्पादनमा विदेशबाट आउने रकम जोडेपछि कुल राष्ट्रिय आय निस्कन्छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement