आजपनि सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ घट्यो, आजको बजार भाउ कति ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य घट्ने क्रममा रहेको छ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपियाँ घटेर कारोबार भएको सुनको मूल्य आज पुनः प्रतितोला ५ सय रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ४० रुपियाँ निर्धारण गरिएको छ । हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ र चाँदी प्रतितोला ९ सय ५० रुपियाँमा कारोबार भएको थियो ।

बुधबार भने छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार २ सय ६५ र चाँदी प्रतितोला ९ सय ६० रुपियाँमा किनबेच भएको थियो भने मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ७५ र चाँदी प्रतितोला ९ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement